थुनियो दूधकोसी नदी(फोटोफिचर)


काठमाडौं । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ र ४ जोड्ने दूधकोसी नदीमा निर्माणाधीन पक्की पुल सिखु खोलाबाट आएको बाढीले पुरिँदा नदी थुनिएको छ । नदी थुनिएर एक किलोमिटर लामो ताल बनेको पूर्व प्रदेशसभा सदस्य उत्तम बस्नेतले जानकारी दिएका छन् ।

सोलुखुम्बुबाट खोटाङ जोड्ने काङेल बात्तिम–वादे जुबु सडक खण्डमा निर्माण भइरहेको पुल सिखु खोलाको बाढीका कारण पुरिएको हो ।

तस्बिरः उत्तम बस्नेत