चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने सिमलतालबाट मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ । भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको मिनी ट्रक आफैं अनियन्त्रित भई सडकबाट ८० मिटर तल खसेको छ ।
दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक सोही ठाउँका २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । उनीहरु दुबैको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया