मधेस प्रदेशमा बजेटमा देखिएको विवाद समाधानका लागि १४ सदस्यीय कार्यदल गठन


जनकपुरधाम । मधेस प्रदेशमा बजेटमा देखिएको विवाद समाधानका लागि १४ सदस्यीय कार्यदल गठन भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा गठन भएको ६ सदस्यीय कार्यदलमा मन्त्रीको नाम समावेश गरेको भन्दै आपत्ति जनाउँदै बैठकमा अवरोध गरेपछि पुनः बसेको बैठकमा सभामुख मण्डलले कार्यदलमा रहेका सदस्यहरुको नाम घोषणा गरेका हुन् ।

सभामुख मण्डलले संयोजक पदबाट राजीनामा दिएपछि उपसभामुख बबिता राउत ईशरको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन भएको हो। कार्यदलको सदस्यहरूमा मोहम्मद समीर, शारदा देवी थापा, चन्दन कुमार सिंह, शम्भु कुमार साह, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रामअशिष यादव, कनिष पटेल, जवाहरलाल कुशवाहा, विमला अन्सारी तरन्नम, कञ्चन विच्छा, उर्मिला देवी सिंह रहेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक कनिष पटलले आइतबार भित्र छानबिन गर्ने र सोमबार कार्यदलले आफ्नो प्रतिवेदन प्रदेशसभामा पेश गर्ने बताए ।