काठमाडौं । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकलाई आगामी दिनमा ‘श्री ५ महाराजाधिराज’ भन्दै विज्ञप्ति ननिकाल्ने शर्तमा रिहा गरेको छ ।
‘श्री ५ महाराजाधिराज’ भन्दै विज्ञप्ति निकाल्ने गरेको भन्दै शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पाठकलाई बोलाइएको थियो । दिनभरको सोधपुछपछि साँझ अब आइन्दा ‘श्री ५ महाराजाधिराज’ भन्दै विज्ञप्ति ननिकाल्ने शर्तमा पाठकलाई रिहा गरिएको परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।
पाठकले पूर्वराजा शाहलाई नेपालको संविधानले नचिनेको ‘श्री ५ महाराजधिराज’ भनि सम्बोधन गर्दै विज्ञप्ति निकाल्दै आएका थिए ।

प्रतिक्रिया