प्रधानमन्त्रीको सुझावः ‘चालीस कटेसी रमाउँला’ भन्ने गीतमा नअलमलिनु, २० वर्षमै विवाह गर्नु


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न सुझाव दिएका छन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले २० वर्षमै विवाह गर्न युवायुवतीलाई सुझाव दिएका हुन् ।

उनले ‘चालीस कटेसी रमाउँला’ भन्ने गीतमा नअलमलिन आग्रह गरे । उनले भने, ‘जति बेला प्रजनन क्षमता बढी हुन्छ त्यतिबेला बच्चाबच्ची जन्माउनुपर्छ, त्यसपछि ढुक्कले काम गर्न पाइन्छ, छोराछोरी बेलैमा हुर्कन्छन्। उनीहरूको पनि उन्नती प्रगति देख्न पाइन्छ। तर चालीस कटेसी रमाउँला भन्ने गीतमा नअलमलिनु ।’

उनले विकास भएका देशमा पनि जनसङ्ख्या ऋणात्मक हुँदा मानव अस्तित्वको खतरा देखिएकाले जनसङ्ख्याको उचित व्यवस्थापनका लागि यस नीतिको कार्यान्वयनमा लाग्नुपर्ने बताए  ।