यसरी भासिएको छ दाउन्ने–बर्दघाट खण्डको खुर्साने खोला नजिकै सडक


चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने–बर्दघाट सडकखण्ड अवरुद्ध भएको छ । खुर्साने खोलानजिकै सडकको केही भाग वर्षाको कारण बगेको नारायणघाट–बुटवल सडक आयोजनाले जनाएको छ । सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन रोकिएका छन् । यथाशक्य छिटो दुवैतर्फी सडक सञ्चालन गर्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ ।