गोकुल बास्कोटा विद्या भण्डारीको पक्षमा, भन्छन्-पार्टीमा निषेधको निषेध लागू हुनै सक्दैन


काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीमा निषेधको राजनीति हुन नसक्ने बताएका छन् । पार्टीको राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा रोक्ने लक्षित नेताहरुको अभिव्यक्तिप्रति लक्षित गर्दै बास्कोटाले यस्तो बताएका हुन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘०३९–४५,०४७–४९,०५२–०५४,०५८–५९,०६५,०७१ र ०७७–७८ मध्ये एउटा नजिकबाट हेरियो, सुनियो । अरुमा संलग्न भइयो–भोगियो । को कस्ता थिए, कता थिए र छन् ? त्यो पनि थाहै छ । मेरो भनाई यत्ति छ–केही बाँकी राखेर बोल, ताकी मतान्तर बीच मुस्कुराउँदै सँगै यात्रा गर्न सकियोस् । पार्टीमा निषेधको निषेध लागू हुनै सक्दैन ।’