उपरथी खत्रीलाई उपत्यका पृतनाको जिम्मेवारी


काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका रविन्द्र खत्रीलाई दर्ज्यानी  चिह्न प्रदान गरिएको छ । जंगी अड्डामा शुक्रबार प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी खत्रीलाई दर्ज्यानी  चिह्न प्रदान गरेका हुन् ।

खत्रीलाई असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवासँगै उनलाई उपत्यका पृतनाको पृतनापतिमा बढुवा गर्ने निर्णय भएको छ ।