काठमाडौँ । सर्वोच्चले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथिको फैसला सुनाउन ढिलाइ गरेको छ । बिहान ११ बजेदेखि बसेको इजलासले मध्यराति भइसक्दा पनि फैसला सुनाउन सकेको छैन । राति ११ बजेपछि इजलासमै फैसला पढेर सुनाउने बताएपछि अझ सुनाइएको छैन ।
प्रधानन्यायाधीशसहित न्यायाधीशहरु फैसला सुनाउनुपूर्व छलफलमा जुटेका बताइएको छ । २०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएको थियो । सुनुवाइ सकिएपछि गत जेठ २८ गते निर्णय सुनाउने मिति तय भएपनि आजका लागि सारिएको थियो ।

प्रतिक्रिया