बागमती । हेटौँडा उपमहानगरपालिका–७ नागसोती शान्तिटोलमा मंगलबार साँझ करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका छन् ।
विद्युतको कर्मचारीले बिजुलीको पोलमा काम गर्दै गरेको अवस्थामा विद्युतको तार अचानक भुइँमा खस्दा सडकमा हिँडिरहेका स्थानीय ४६ वर्षीय सञ्चयकुमार पुडासैनी, उनकी श्रीमती ४४ वर्षीया लक्ष्मी पुडासैनी र नातिनी एक वर्षीया श्रीयाना पुडासैनी करेन्ट लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
घाइते तीनै जनालाई हेटौँडा अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

प्रतिक्रिया