नेपालका नेता सिंहदरबारमा होइन, हाम्रो नजिकै हुनुपर्छ भन्ने मान्यता विकास हुन जरुरी छ


डा. रामकृष्ण तिमल्सेना । 

नेता को हो ?   उसले आदेश दिन्छ कि साथ दिन्छ ? उसले डर जगाउँछ कि भरोसा दिलाउँछ ? नेपालमा नेतृत्वको तस्बिर प्रायः सत्ता, भाषण र पदको रूपमा चित्रित हुन्छ। तर, आजको विश्वमा नेतृत्वको धारणा धेरै परिवर्तन भइसकेको छ-यो अब सत्ता नभई सेवा, हुकुम नभई सहभागिता, र अलग होइन, सँगै हुनपर्छ भन्ने अवधारणामा रूपान्तरित भइसकेको छ। ‘Leader is with you’— यो केवल भावनात्मक आश्वासन होइन, यो एक दर्शन, व्यवहार र नीति निर्माणको दृष्टिकोण हो। यस लेखमा मैले नेतृत्वका विभिन्न दार्शनिक व्याख्या, अन्तर्राष्ट्रिय उत्कृष्ट पुस्तकहरूबाट उद्धरण, र सफल लोकतन्त्रका अभ्यासमार्फत यो विचारलाई प्रष्ट पार्न खोजेको छु ।

१. पूर्वीय र पाश्चात्य दर्शनमा ‘सँगै रहने नेतृत्व’

कन्फ्युसियस (Confucius) – ‘A leader is not above the people but among the people.’ कन्फ्युसियसको विचारमा नेता त्यो हो जो अनैतिकता, विनम्रता र सह-अस्तित्वको प्रतीक हो। उसले आदेश दिनु होइन, आचरणबाट शिक्षा दिनुपर्छ। भगवद्गीता (Lord Krishna’s Leadership) – कृष्णले अर्जुनलाई युद्धको आदेश दिएका थिएनन्, उनले उनलाई ‘स्वधर्म’ बोध गराएका थिए। यो नेतृत्वको सर्वोच्च रूप हो — आत्म-प्रकाशमार्फत प्रेरणा दिनु। कृष्ण अर्जुनका ‘साथी, सारथि र सल्लाहकार’ थिए, राजा होइन। Plato (The Republic) – प्लेटोको ‘Philosopher-King’ भन्ने अवधारणा अनुसार, नेता त्यो हो जसको इच्छा होइन, चेतना नेतृत्व गर्छ। नेता समाजभन्दा माथि होइन, सत्य र न्यायको सेवक हो। यस्तो नेताले कहिल्यै पनि ‘म जान्दछु’ भन्दैन — ऊ भन्छ, ‘हामी सिक्दैछौं।’

२. समकालीन विचार र पुस्तकहरूमा यो अवधारणा
A. ‘Leaders Eat Last’ — Simon Sinek
Sinek भन्छन्, ‘True leaders sacrifice their own comfort for the safety and success of those they lead.’ यो संगै बसेर अघि बढाउने नेतृत्व को विचार हो, जसले hierarchical power होइन, emotional safety सिर्जना गर्छ।

B. ‘Servant Leadership’ — Robert K. Greenleaf
Greenleaf को विचारमा, साँचो नेता त्यो हो जो सेवक हो। “The servant-leader is servant first.” उसले पहिले सुन्छ, बुझ्छ, अनि मात्रै नेतृत्व गर्छ।

C. ‘Good to Great’ — Jim Collins
Jim Collins ले ‘Level 5 Leader’ को परिभाषा दिन्छन् — एकजना त्यस्तो व्यक्ति जो व्यक्तिगत अहंकारबाट माथि उठ्छ, टीमको सफलतामा केन्द्रित हुन्छ। यस्तो नेतृत्व भित्रैबाट निर्माण हुन्छ, माथिबाट थोपरिँदैन।

D. ‘The Art of War’— Sun Tzu

Sun Tzu भन्छन्, ‘A leader leads by example, not by force.’ सैन्य सन्दर्भमै पनि, नेता सँगै लड्ने व्यक्ति हो — पछाडिबाट कराउने होइन।

३. अन्तर्राष्ट्रिय अभ्यास र उदाहरणहरू:

न्यूजिल्यान्डकी प्रधानमन्त्री Jacinda Ardern. कोभिड-१९ महामारीमा उनले निडर भएर निर्णय लिइन्, जनतासँग संवाद गरेकी थिइन्, र ‘empathetic leadership’ को नमूना बनिन्। उनले We are all in this together भनेर नेतृत्वलाई सहभागी बनाएकी थिइन्।

राष्ट्रपिता नेल्सन मन्डेला: २७ वर्ष जेल बसेपछि पनि उनले विरोधीहरूप्रति घृणा होइन, सहकार्यको सन्देश दिए। उनले South Africa लाई नफुटाउने, तर healing leadership बाट एकतामा बदल्ने काम गरे।

भूटानको Gross National Happiness मोडेल:

भूटानी नेतृत्वले विकासलाई मात्र होइन, समुचित साथ, समाज र खुशी लाई प्राथमिकता दियो — यो सँगै रहने नेतृत्वको संस्थागत रूप हो। नेपालका नेता सिंहदरबारमा होइन, हाम्रो नजिकै हुनुपर्छ भन्ने मान्यता विकास हुन जरुरी छ।नेतृत्व अब भाषण, वाचा र फोटोलाई केन्द्रमा राखेर परिभाषित हुँदैन। नेपालजस्तो बहुल सांस्कृतिक, भौगोलिक र सामाजिक सन्दर्भमा साँचो नेता त्यो हो जो जनताको दुःख बुझ्छ, निर्णय साझा गर्छ, र दायित्व स्वीकार्छ। नेता अब ‘रथ सबार हाकिम होइन, ‘सारथि’ बन्नुपर्छ।
हामीले नेतृत्वलाई फेरि परिभाषित गर्नुपर्छ — नेता भनेको ‘Lead’ होइन, ‘With’ भन्ने भाव हो।Leader is with you’ is the future of democratic transformation. साँचो लोकतन्त्र, साँचो जनउत्तरदायी शासन र साँचो संस्थागत बल त्यतिबेला सम्भव हुन्छ, जब नेतृत्व एकल होइन, सामूहिक हुन्छ, आदेश होइन, संवाद हुन्छ। आजको आवश्यकता छ — Empathetic, Participatory, Ethical and Visionary Leadership , जसले भन्छ: ‘म तिमीहरूभन्दा माथि होइन, म तिमीहरूसँगै छु।’
नेतृत्वको नयाँ दर्शन यही हो – नेता हामीसँगै छन्।