काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
आइतबार विशेष अदालतका न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इलसालले बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । टेरामक्स खरिद प्रकरण अख्तियारले बस्नेतविरुद्ध मुद्दा दायर गरेको थियो ।




प्रतिक्रिया