पोहोर
परीक्षा बिग्रियो
उहाँले भन्नुभो शिक्षकलाई–तैंले गर्दा !
यसपालि
परीक्षा सप्रियो
उहाँले भन्नुभो शिक्षकलाई–मैले गर्दा !
विद्यार्थी भाइबहिनी हो !
भोलि देश चलाउनु तिमीहरुले पर्छ
सिकिराख उहाँहरुबाट
जब कुनै काम बिग्रन्छ, भन्नू–तैंले गरेको !
जब कुनै काम सप्रिन्छ, भन्नु– मैलै गरेको !
-अर्जुन पराजुली

प्रतिक्रिया