टोखास्थित विष्णुमती खोलाको बाढीले यसरी बगायो कार(भिडियोसहित)


काठमाडौं । काठमाडौंको टोखास्थित विष्णुमती खोलाको बाढीले एउटा कार बगाएको छ । कारमा एक जना महिला सवार थिइन् ।

ग्राण्डी हस्पिटल नजिकबाट बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको कारसहित गएराति खोलामा बगेकी दाङ तुलसीपुर घर भई हाल टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई सकुशल उद्धार गरिएको हो ।

कार बग्दै बानियाटार पुलमा आएर अड्किएपछि प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उद्धार गरिएकी महिला र उद्धारको क्रममा घाइते भएका व्यक्तिहरूको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

भिडियोः कर्ण बहादुर अधिकारी