ओलीले बुझाए एक वर्षको ३ लाख ३ हजार लेबी


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाएका छन् । उनले बुधबार एक वर्षको लेबी ३ लाख ३ हजार ६ सय रुपैयाँ बुझाएका हुन् ।

ओलीले मासिक २५ हजारको दरले लेबी र मासिक ३ सय रुपैयाँ सदस्यता शुल्क बुझाएका हुन् । उनले पार्टीको सदस्यता र लेबी तिरेको सचिवालयले जनाएको छ।