सशस्त्र प्रहरी बलका डीआईजीद्वय न्यौपाने र धौवजीको पदावधि थप


काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका दुई जना डीआईजीको पदावधि थप गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो । उनीहरूको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्नेगरी पदावधि थप गरिएको एक मन्त्रीले जानकारी दिए ।