गणेश लामाले सर्वोच्चबाट पाए सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ


काठमाडौं । कांग्रेस नेता गणेश लामाले सम्पत्ति शुद्धीकरणको मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले लामालाई सम्पत्ति शुद्धीकरणको आरोपमा सफाइ दिएको हो ।

विशेष अदालतको फैसला उल्ट्याउदै सर्वोच्च अदालतले लामालाई आरोपबाट सफाइ दिएको हो । लामा २४ साउन, २०७५ मा विशेष अदालतबाट दोषी ठहर भएका थिए ।

उनलाई त्यतिबेला एक करोड ४० लाख विगो र एक वर्ष कैद सजाय तोकेको थियो । सर्वोच्च अदालतले दावी नपुग्ने भन्दै सफाइ दिएको हो ।