तस्बिरमा अन्तर्राष्ट्रिय योग दिवस



पोखरा । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पोखरामा वृहद योग शिविर सञ्चालन गरिएको छ । शनिबार पोखरा रङ्गशालामा योगप्रेमीहरुले योग दिवस मनाएका हुन् ।

पोखरा महानगरपालिका, भारतीय दूतावास, राष्ट्रिय खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समिति कास्कीको संयुक्त पहलमा आयोजित शिविरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भारतीय राजदूत नवीन श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यको समेत सहभागिता रहेको थियो ।

पर्यटन राजधानी पोखरालाई योग पर्यटनको हबका रूपमा विकास गर्न सकिने कयौँ सम्भावनाहरू रहेकामा सहभागीहरूले जोड दिएका छन् । हिमाल र तालको सहर पोखरा सुन्दर, शान्त र मनोरम प्रकृतिको काखमा बसेर योगाभ्यासका लागि निकै उपयुक्त रहेको उनीहरूको भनाई छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा योग संस्कृतिको विकासका लागि महानगर स्तरीय योग केन्द्रको समेत स्थापना गरिएको बताए ।

पोखरा महानगर क्षेत्रमा क्रियाशील योग केन्द्रहरूमा आवश्यक सामाग्रीहरूको समेत उपलब्धतामा महानगरले सहयोग गरिरहेको नगर प्रमुख आचार्यले बताए । योग मानव जीवनको महत्त्वपूर्ण पक्षका रूपमा चित्रण गर्दै उनले यो सवैका लागि अपरिहार्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोटाङमा नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा १५८ जना लाभान्वित

खोटाङ । नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य

‘सुप्राग्लेशियल’ ताल फुट्दा रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित

चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण सुरु

म्याग्दी । म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन

सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा फसेका तीन जनाको सकुशल उद्वार

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–५ गोरधुई स्थित राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र