प्रतिनिधिसभामा आज पनि रास्वपाको अवरोध कायमै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै संसदमा आजपनि नाराबाजी गरिरहेको छ । सोमबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरु नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका छन् ।

सभामुख देवराज घिमिरेले वेल घेराउका बाबजुत संसद अघि बढाएका छन् ।रास्वापले भिजिट भिसाको नाममा सेटिङमा मानव बेचबिखन भएकाले त्यसको छानबिन हुनुपर्ने माग गर्दै आइतबार पनि सदनमा नाराबाजी गरेको थियो ।