किन गयो नाम्खामा हिमपहिरो ?



काठमाडौँ । हुम्लाको नाम्खा हिमपहिरासम्बन्धी अध्ययन गर्न गठित समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्रतिवेदन बुझाएको छ ।

प्राधिकरणका सिनियर डिभिजनल इञ्जिनियर सुशीलकुमार श्रेष्ठ संयोजकत्वको गठित अध्ययन टोलीले शुक्रबार सिंहदरबारमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।

अध्ययन टोलीमा खानी तथा भूगर्व विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बाँस्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहाद्र जोशी सहभागी थिए ।

श्रेष्ठले भने, ‘आज हामीले अध्ययन प्रतिवेदन प्राधिकरणमा बुझाएका छौँ, त्यहाँ माथिको तालको हिउँ पग्लिएर तलबाट चुहिएर पानी निस्किएको पाइएको छ, ताल छेउमा एउटा ढिस्को पनि छ, उक्त ढिस्कोको दबाब पर्न गएपछि पानी निस्किएको हो ।’

उनले माथिबाट निस्किएको पानी भिरालो जमिन हुँदै बाहिरिँदा कटान हुँदै बाढीका रूपमा परिणत भएको बताए ।

सो क्षेत्रको कतिपय ठाउँ चर्किएको र ढुङ्गा खस्ने अवस्थामा रहेकाले वर्षा हुँदा फेरि बाढी आउन सक्ने सम्भावना कायम रहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

टोलीले हिमतालमा पुगेर अध्ययन गरेको थियो । त्यहाँ तीन वटा ताल भए पनि दुई वटाको मात्रै पानी निस्किएको पाइएको टोलीले जनाएको छ । यही जेठ १ गते राति हुम्लाको नाम्खा गाउँपालिकामा बाढी आएको थियो । जसका कारण त्यहाँको तिल गाउँ जोखिममा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनसुनजन्य विपद्बाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली। मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान

हस्ताक्षरपछि मनिषाले भनिन्-पक्कै पनि रविमाथि राज्यबाट दुर्व्यवहार भइरहेको छ

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्रत पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर

‘सुप्राग्लेशियल’ ताल फुट्दा रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित

‘स्टकमा भएको मल खेतमा बाली डढुन्जेलसम्म किसानले किन पाउदैनन् त ?’

-जेपी गुप्ता । ‘यथेष्ट विद्युत उत्पादन नहुनु वा यसको अभाव नै रसायनिक मल