ओखलढुङ्गामा एक महिलाले जन्माइन् तिम्ल्याहा सन्तान


ओखलढुङ्गा । ओखलढुंगाको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षीया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा शुक्रबार तिम्ल्याहा शिशुको जन्म दिएकी छन् ।

बिहीबार अस्पताल भर्ना भएकी तामाङले आज बिहान तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा रोशन खरेलले जानकारी दिए ।

निर्देशक खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेका थिए । जन्मिएका तीनै छोरीमध्ये पहिलोको तौल एक हजार ९०० ग्राम, दोस्रोको दुई हजार २०० सय ग्राम र तेस्रोको तौल दुई हजार ३०० सय ग्राम रहेको अस्पतालले जनाएको छ ।

३६ हप्तामै शल्यक्रिया मार्फत निकालिएका नवजात शिशुहरु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । तामाङको पहिलो सन्तानका रुपमा सात वर्षीय छोरा छन् ।