तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश


काठमाडौं । अदालतले गत चैत १५ गते काठमाडौंको तीनकुने भएको राजावादीको प्रदर्शनको घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित सातजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति यस्तो आदेश दिएको हो । अदालतले प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षमा थुनामा राख्ने आदेश दिएको हो ।

गत चैत १५ मा तीनकुनेमा राजावादी आन्दोलनका क्रममा घटेका घटनाका विषयमा जेठ ११ मा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।