नेपाल छिट्टै सनातन हिन्दु राष्ट्र घोषणा हुन्छ, अयोध्याबाट कांग्रेस प्रवक्ता डा. महतको उद्घोष



अयोध्या, भारत । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासजीको ८७ औँ जन्मोत्सवको अवसरमा उत्तर प्रदेशको अयोध्यामा आयोजित भव्य सुरत शब्दयोग साधना तथा श्रीराम कथा दिव्य सत्सङ्ग कार्यक्रम महायोगी सिद्धबाबाको प्रमुख आतिथ्यतामा भइरहेको छ । कार्यक्रममा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, बिहार राज्यका उपमुख्यमन्त्री लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको छ ।

att.SIdSI1Wz-mE3FvG8ZrQ3hdvM8kTPqx-9m6RKtwrmN1g-450x320.jpeg

कार्यक्रमको विशेष सत्रमा सम्बोधन गर्दै डा. महतले भन्नुभयो, ‘भारतका प्रधानमन्त्री मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेतृत्वमा निर्माण भएको अयोध्याको भव्य राम मन्दिरले सनातन संस्कृतिको पुनर्जागरण गरेको उल्लेख गर्दै सनातन संस्कृतिको जुन वैज्ञानिकता र आध्यात्मिक गहिराई छ त्यसको पुनर्स्थापनाको समय आएको छ । नेपाल र भारत सिमानाका हिसाबले मात्रै नभई सांस्कृतिक, धार्मिक, ऐतिहासिक र जनस्तरको सम्बन्धले गहिरोसँग गाँसिएका मुलुक हुन् ।’

b60d6fd2-3d78-46fa-b031-b59913e5ee30-450x320.jpeg

नेपाल पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर, देवघाट र गौतम बुद्धको जन्मभूमि मात्र नभई आध्यात्मिक चेतनाको गहिरो स्रोत पनि हो । नेपालमा सनातन संस्कृतिको पुनर्स्थापनाका लागि हामी कुनै कसुर बाँकी राख्ने छैनौँ, म पूर्ण रुपमा प्रतिबद्ध छु डा. महतले भन्नुभयो । सनातन हिन्दु धर्म र संस्कृति नेपालको मौलिक पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण तथा प्रवर्द्वनका लागि नेपाली नागरिकमा जागरण आइरहेको भन्दै केहि समय लागे पनि छिट्टै हिन्दु राष्ट्र घोषणा हुने उद्घोष गर्नुभयो ।

att.89bNxCxo2qenwNBYFcWNUDw2XJsK7NjCDRB_beWZdNM-450x320.jpeg

सनातन संस्कृतिको वैज्ञानिक र आध्यात्मिक मूल्यबारे स्पष्ट रुपमा डा. महतले भन्नुभयो, ‘पश्चिमाहरुले अवमूल्यन गर्दै आइरहेको सनातन हिन्दु धर्ममा जुन गहिरो वैज्ञानिकता छ, आज पश्चिमा देशले पनि स्वीकार गरिरहेका छन् । उनीहरू ज्ञान र शान्तिको खोजमा नेपाल तथा भारत आउने क्रम बढिरहेको छ ।

att.2Rvg9RPCPsV5cQHW6xNBJTpBp_b7vcuOt9op9HdS9SE-450x320.jpeg

महायोगी सिद्धबाबाको मार्गदर्शनप्रति आभार व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘सिद्धबाबाको आध्यात्मिक ऊर्जाले मेरो अन्तरमनमा रहेका विकारहरू हटेको महसुस गरेको छु । यही प्रेरणाले मलाई यहाँसम्म डोर्‍याएको हो, यो विशाल कार्यक्रममा उपस्थित हुन पाउँदा आफु गौरवान्वित भएको बताउनुभयो ।

att.v12TsfNAnnUZ08FRAcsJdO6Sgl3Un45OhCC7MewX1ec-450x320.jpeg

महायोगी सिद्ध बाबाको प्रमुख आतिथ्यतामा भारतका विशिष्ट सन्त, महात्मा, उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतका उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति, नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरु, पूर्व सचिव, सुरक्षा निकायका पूर्व प्रमुख, नेपाल-भारतका प्रतिष्ठित व्यवसायी, समाजसेवी लगायत नेपाल-भारतका दूरदराजबाट आउनुभहजारौँ भक्तजनहरुको सहभागिताले कार्यक्रमको महत्वलाई स्पष्ट रुपमा बुझ्न सकिने नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा कार्यक्रमका सल्लाहकार भरत सापकोटाले जानकारी दिनुभयो ।

att.c7ZJjHODONGJq-e6jEGLGGFfo4ZV_sgbtq3A0J61BtA-450x320.jpeg

सापकोटाले भन्नुभयो, ‘यो विशाल तथा ऐतिहासिक कार्यक्रमले नेपाल-भारतको सम्बन्धलाई सुदृढ बनाउँदै साझा आध्यात्मिक भावनालाई पुनःउजागर गर्ने, मानिसहरुमा साधना मार्फत अध्यात्मको गहिराइमा पुर्याउने छ । नेपाललाई छिट्टै सनातन हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने अन्तर्राष्ट्रिय मञ्चको रुपमा लिइएको छ ।’

att.jpeg

तारक ब्रह्मपीठ चतराधाम समितिका अध्यक्ष बाबुराजा ओझाले साधु, सन्त, महात्माजनहरुलाई साधुवाद व्यक्त गर्दै कार्यक्रमलाई भव्य बनाउन नेपाल र भारतबाट उपस्थित उच्चपदस्थ व्यक्तिहरु, विश्वभरबाट आउनुभएका भक्तजनहरु लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि यस्ता कार्यक्रमहरु महत्वपूर्ण हुने भन्दै ओझाले भन्नुभयो, ‘आध्यात्मिक पुनर्जागरण गर्ने यस्ता विशाल कार्यक्रमहरु चतराधाम समितिले आगामी दिनमा नेपाल, भारत तथा अन्य मुलुकहरुमा गर्नेछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सुप्राग्लेशियल’ ताल फुट्दा रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित

‘स्टकमा भएको मल खेतमा बाली डढुन्जेलसम्म किसानले किन पाउदैनन् त ?’

-जेपी गुप्ता । ‘यथेष्ट विद्युत उत्पादन नहुनु वा यसको अभाव नै रसायनिक मल

चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण सुरु

म्याग्दी । म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन

कोइराला समूहको निष्कर्षः ०८४ र त्यसअघिको उपनिर्वाचनमा हुनसक्ने गठबन्धनका उम्मदेवार जिताउन कारबाही

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीका नेताहरुमाथि गरिएको कारबाही