त्रिवि शिक्षण अस्पतालमै पहिलो पटक व्यक्तिको लिंग परिवर्तनको शल्यक्रिया


काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा नेपालमै पहिलोपटक व्यक्तिको लिंग परिवर्तन (सेक्स चेन्ज अपरेसन) भएको छ ।

प्लास्टिक सर्जरी विभागद्वारा सफलतापूर्वक शल्यक्रिया भएको हो । त्यसक्रममा अनुहार तथा स्तनका विभिन्न शल्यक्रियासमेत भएको थियो । जन्मँदा लिंग पुरुष भएका ती व्यक्तिको लिंग परिवर्तन गरी महिला बनाइएको हो । जनकपुरनिवासी ती २५ वर्षीया ट्रान्सजेन्डरमा गरिएको शल्यक्रियाका क्रममा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रिय अंगको पुनर्निर्माण गरिएको प्लास्टिक सर्जरी विभाग प्रमुख जयनमान श्रेष्ठले जानकारी दिए ।

विदेशी प्लाष्टिक सर्जन D.r Alireza Hamidian Jahromi को नेतृत्वमा तथा प्लाष्टिक सर्जरी विभागीय प्रमुख प्रा.डा. जयन मान श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएका शल्यक्रियामा विभागका सम्पूर्ण प्लाष्टिक सर्जनहरू प्रा.डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. समीत शर्मा, डा. विकेश राजभण्डारी, डा. हिमालय निरौला तथा रेजिडेन्ट डाक्टरहरू डा. अनुप थापा, डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा, डा. अस्बिनको सहभागिता थियो तथा एनेस्थेसियामा डा. मेघा कोइराला तथा डा. पंकज जोशीको टीमले सहयोग गरेको थियो ।

अब अस्पतालमा Gender Affirming Clinic को स्थापना गरेर नियमित रुपमा यी सेवाहरु सुचारु गर्दै जाने डा. जयनमान श्रेष्ठले बताए । अपहिलेसम्म यसका लागि विदेशमा जानुपर्ने बाध्यता थियो र धैर खर्चिलो पनि हुने कारणले हाल नेपालमै यो सुबिधा उपलब्ध भएपछि ट्रान्सजेन्डर समुदायलाई धेरै राहत मिल्ने अस्पतालका प्रवक्ता सह प्राध्यापक डा गोपाल सेढाइँले बताए ।