काठमाडौं । सप्तकोशी नदीमा उद्दार अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी बलका २ जना गोताखोर बेपत्ता भएका छन् । सामान्य अवस्थामा यस्तो दुर्घटना नहुने फिल्डमा रहेका कमान्डरले बताएका छन् ।
कुनै गम्भीर प्राविधिक समस्या आएको हुन सक्ने र पानीको करेन्ट अत्यधिक रहेको ठाउँमा दुर्घटना भएको हो । अहिले थप गोताखोरबाट खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया