काठमाडौं । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेपछि सर्वसाधारण मारमा परेका छन् ।
देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरेपछि सर्वसाधारण मारमा परेका हुन् । सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण गन्तव्यमा जान पैदलयात्रा गर्न बाध्य भएका हुन् ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग व्यवसायीले गरेका छन् ।
यसबारेमा सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आजदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिले जनाएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार समितिको आह्वान अनुसार सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन्।

प्रतिक्रिया