नागढुंगा–नौबिसे सडकखण्डमा सवारी जाम(फोटोफिचर)


काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको बस आज बिहान पौने तीन बजेतिर नागढुंगा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै पल्टिएकाले लामो ट्राफिक जाम भएको छ ।

धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि मंगलबारदेखि नै सवारी साधनहरु सहज रुपमा सन्चालन हुन नसकिरहेका बेला बस दुर्घटनाले झन् समस्या थपेको छ । बुधबार राति ९ बजे कलंकीबाट छुटेका सवारीसाधन बिहीबार बिहान नागढुङ्गाको चेकपोस्टमै रहेका यात्रुले गुनासो गरेका छन् ।

तस्बिरः शालिग्राम नेपाल