कृष्णमोहनका सपना साकार पार्न संगठन क्रियाशील छः आईजीपी अर्याल


काठमाडौं । सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी राजु अर्यालले स्वर्गीय कृष्णमोहन श्रेष्ठले देखेको सपना साकार पार्न संगठन क्रियाशील रहेको बताएका छन् ।

मंगलबार संखुवासभाको चैनपुरमा सशस्त्रका पूर्वआईजीपी स्वर्गीय कृष्णमोहन र उनकी पत्नी नुडुप श्रेष्ठको शालिक अनावरण गर्दै अर्यालले उहाँले देखेको सपना साकार पार्न संगठन क्रियाशील रहेको बताएका हुन् ।

पूर्वआईजी श्रेष्ठ दम्पत्तिको शालिक सशस्त्र प्रहरी बल र नगरपालिकाको संयुक्त पहलमा उनको जन्मस्थान चैनपुरमा निर्माण गरिएको थियो ।