काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । आइतबार माइतीघर मण्डलामा भेला भएर सहकारी पीडितहरुले प्रदर्शन गरेका हुन् ।
यसअघि महिलाहरूले अर्धनग्न प्रदर्शन गरेकोमा आइतबार पुरुषहरू अर्धनग्न प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले सहकारी संस्थाको सम्पत्ति लिलाम गरेर भए पनि बचत फिर्ता गराइदिन सरकारसँग माग गर्दै आएका छन् ।


प्रतिक्रिया