गृहमन्त्रीको प्रश्नः कुनैपनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिँदै जानुपर्ने हो ?


काठमाडौं । गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री लेखकले गृह मन्त्रालयमा हजारौंमा नभएर लाखौका कर्मचारी रहेकाले कुनै कर्मचारीले बदमासी गर्दैमा मन्त्रीले राजीनाम दिननपर्ने बताए ।

उनले भने, ‘गृह मन्त्रालय यत्रो ठुलो मन्त्रालय छ । यसमा हजारमा होइन, लाखमा कर्मचारी छन् । लाखौंलाख कर्मैचारीमा संवैधानिक निकाय यसमा अनुसन्धान गर्न सक्षय निकायले कुनैबेला बेला कुनैपनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ । कुनैपनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिदै जाने होः? के त्यही पद्धति बसाउने हो? त्यो सम्भव छ ?  आजसम्म त्यस्तो भाको छ ? त्यसकारण मैले भनिसकें मेराविरुद्ध राजनीतिक रुपले नियोजित रुपले षड्यन्त्रमूलक ढंगले झुटाप्रचारबाजी भइरहेको छ ।’

मन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन नभई आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाट राजीनामा दिने बताए ।

‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, यदि मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने प्रमाणित भयो भने म पदबाट होइन राजनीतिबाट राजीनामा दिन्छु ।’उनले भने,’म सबैलाई आग्रह गर्दछु मेरा विरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ ।’

उनले सो विषयमा विस्तृत धारणा राख्न आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय माग गरेको जानकारी दिए ।