पाल्पा । पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका १८ वर्षीय सोयव अन्सारीको शव नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले फेला पारेको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोलाको ड्यामसाईडमा पौडी खेल्ने क्रममा जेठ ८ गते उनी डुवेर बेपत्ता भएका थिए । भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणको लागि आएका थिए ।
उनको शव नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बुटलबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले शुक्रबार फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया