जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बिहीबार मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
उद्योग तथा पर्यटन मन्त्रालय सम्हालेका सकिल मिया अन्सारी र वन मन्त्रालयको जिम्मेवारीमा त्रिभुवन साहलाई मन्त्रीबाट फिर्ता बोलाइएको छ ।
उनीहरुको स्थानमा वसन्त कुशवाहा र संजय यादवलाई मन्त्री बनाउन लागिएको हो । कुशवाहालाई उद्योग तथा पर्यटन मन्त्रालय र यादवलाई वन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । दुबैको शपथ ग्रहण शुक्रबार हुने बताइएको छ ।

प्रतिक्रिया