महेश श्रेष्ठ नेतृत्वको एनआरएनएको कार्यसमिति आधिकारिकः परराष्ट्र मन्त्रालय


काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावासहरुलाई पत्र पठाउँदै महेश कुमार श्रेष्ठ नेतृत्वको गैर आवासीय नेपाली संघ आधिकारिक भएको बताएको छ ।

परराष्ट्रले बिहीबार सबै दूतावासहरुलाई पत्र पठाउँदै श्रेष्ठ नेतृत्वको एनआरएनए आधिकारिक भएको जानकारी गराएको हो ।

पत्रमा भनिएको छ, ‘उपर्युक्त विषयमा सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले हालसालै काठमाडौंमा आयोजना गरेको गैर आवासीय नेपालीको एकता महाधिवेशन र तत्पश्चात लगत्तै सम्पन्न चुनावी कार्यतालिका वमोजिम महेश कुमार श्रेष्ठको नेतृत्वमा पुरै कार्यसमिति निर्विरोध निर्वाचित भएको जानकारी गराँउदै माननीय परराष्ट्र मन्त्रीज्यूलाई सम्बोधन गरी लेखिएको मिति २०८२।०१।३० को पत्र तहाँको जानकारीको लागि पठाईएको ब्यहोरा निर्देशानुसार अनुरोध छ ।’

तर यसअघिका अध्यक्ष बद्री केसीले पनि आफ्नो कार्यकाल बाँकी नै रहेको भन्दै त्यतिन्जेल आफूले नै काम गर्न पाउनु पर्ने माग गरिरहेका छन् । यो विवाद अहिले सर्वोच्च पुगेको छ ।