काठमाडौं । पाकस्तानी खुफिया एजेन्सी आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली मूलका अन्सारुल मियाँ अन्सारी छन् ।
दिल्लीको एक होटलबाट नेपाली मूलका अन्सारी पक्राउ परेका भारतीय प्रहरीले बताएको छ । पहलगाम आक्रमणअघि उनी पाकिस्तानबाट नेपाल हुँदै भारत प्रवेश गरेको गरेका दाबी गरिएको छ ।
पक्राउ पर्दा उनी पाकिस्तान फर्कने तयारीमा रहेको बताइएको छ । अन्सारीको साथबाट भारतीय सेनाका संवेदनशील सूचना प्राप्त गरेको पाइएको बताइएको छ ।

प्रतिक्रिया