पूर्व श्री ५ ले सार्वजनिक जीवनमा पुनरागमनका लागि किन ‘राजगद्दी’ मै बस्न पर्यो ?


-सुरेश आचार्य

पूर्व श्री ५ ले ‘कुशासन र भ्रष्टाचार अन्त्यगरी देश बचाउन मलाई साथ दिनोस्’ भनेर जनतालाई आग्रह गरेका मात्रै हुन् । उनले मलाई ‘राजगद्दी’ मा बस्नु पर्यो  त भनेका छैनन् । अब त्यसलाई तोडमोड गरी अधिराज्यवादी वा गणतन्त्रवादी जोकोहीले आआफ्नो स्वार्थ र रणनीतिले ‘राजगद्दी’ मा बस्न चाहेको अर्थ निकाल्नु दुईपटक राजगद्दीमा बसिसकेका पूर्व श्री ५ का लागि तात्विक अर्थ राख्दैन ।

फेरि, ३ पटकदेखि ६ पटकसम्म लोकतन्त्रको नाममा प्रधानमन्त्री बनेर अझै त्यही घिसिपिटीमा मुसा दौड (rat race) गरिरहेकाहरूले पूर्व श्री ५ लाई औंलो ठड्याउने नैतिक ताकत नै राख्न सक्तैनन् । अझ, ‘तपाईंहरू नै देश चलाउनोस्’ भनेर गद्दी त्याग्ने राजालाई प्रधानमन्त्री वा पार्टी सभापतिको कुर्सी त्याग्न नसक्नेले के प्रश्न गर्नू ?

पूर्व श्री ५ ले ‘देश र जनताको सेवा गर्छु’ भन्दा त्यसो गर्न किन नमिल्ने ? यसको तार्किक जवाफ चाहियो । दलगत ताकत र राज्यसत्ता दुवै हतियारले लैश नेका, एमाले र माओवादी मिलेर पूर्व श्री ५ लाई सार्वजनिक भूमिका बहन गर्नबाट बन्चित गर्न प्रतिबन्ध लगाउने गरी कानुन बनाउन कसले रोकेको छ र ? संसदमा उनीहरूको बहुमत छँदैछ । मेरो प्रश्न पूर्व श्री ५ ले सार्वजनिक जीवनमा पुनरागमनका लागि किन ‘राजगद्दी’ मै बस्न पर्यो  ? यो प्रश्न मेरो राजालाई पनि छ ।

–हिमानी ट्रष्टमार्फत ‘देश र जनताको सेवा’ गरिरहेको कुरालाई अझ विस्तारित रूपमा निरन्तरता दिन किन नहुने ?
–दूर्गाप्रसाई वा केशरबहादुर विष्टले झैं ‘देशभक्तिपूर्ण अभियान’ चलाउन किन नपाउने ?

–पूर्व श्री ५ ले ईच्छा लागे देओप्र (देउवा, ओली र प्रचण्ड) वा राजेन्द्र लिंगदेन र कमल थापाले झैं अझ आन्तरिक लोकतन्त्र (internal democracy)) ले युक्त आधुनिक ‘राजनीतिक पार्टी खोली संचालन गर्न’ किन नमिल्ने ?

-कम्बोडियाका पूर्वराजा नरोदम सिहानुकले फन्सिनपेक Funcinpec) पार्टी खोलेर बहुमत ल्याई निर्वाचित सत्तामा फर्केर पुनः २३ वर्षपछि उनी राजगद्दीमा बसेकै हुन्, त्यो पनि संयुक्त राष्ट्र संघ (UN) कै साक्षी र रोहबरमा !

-अफगानिस्तानका अपदस्थ राजा जहिर शाहलाई ३० वर्षपछि देश टाट पल्टिएर मरणासन्न अवस्थामा पुगेपछि लोकतान्त्रिक शक्तिहरूले विदेश निर्वासनबाट स्वदेशमा स्वागत गरी ‘डुरानी राजवंश’ लाई पुनः व्यूँताएर राजगद्दीमा बस्न आग्रह गर्दा उनले अस्वीकार गरेको उदाहरण पनि छ ।

जहिर शाहले गरेको निर्णय सही रहेछ, आखिर १४/१५ वर्ष नहुदैं निर्वाचित सरकारलाई तालिबानी सशस्त्र जनविद्रोहीहरूले अपदस्थ गरिदिए । नेपाल पनि त्यही विश्रृंखलित अवस्थातर्फ उन्मूख छ ।

‘राजा राजगद्दीमा फर्केलान्’ भन्ने पूर्वानुमान (pressumption) गरेर बेकारमा किन परीक्षा दिएर असफल भएका (tested and failed)) राजनीतिज्ञहरू कोलाहल गरिरहेछन् ? जबकि, विगत १८ वर्षमा राज्यको सुरक्षा, सुविधा, सहुलियत र राहत नपाएका आम नेपाली सर्वसाधारणले विरोध गरेका छैनन् त ? राजाप्रति दुराग्रह राखेको देखिंदैन त ।

१८ वर्षअघि विदेशीहरूले आफैं चलखेल र प्यादा समेत प्रयोग गरी नेपाली जनतालाई दिग्भ्रमित पारी राजालाई घात गरेको अवस्था, अब विधमान छैन । जनमत पूरानो अवस्थामै अडिएर बसेको छैन, त्यो चलायमान जनमत आफ्नो मौलिक स्वरूपमा फर्किसकेको छ ।

ती १८ वर्षमा राजनीतिक परिवर्तनको प्रतिफल स्वरूप केही राजनीतिक परिबार, सुकिला–मुकिला र टाढा–बाठा भष्तिभक ले कतबतभ अबउतगचभ गरे पनि ९९ प्रतिशत जनताले लोकतन्त्रको वास्तविक फल खान पाएका छैनन् !
राजा जसरी फिर्ता आउन उनको बिरासत र प्रभावसँगैः

१) देशको स्वाधीनता र गौरव फिर्ता हुनेछ ।

२) राजासँगै लामो ऐतिहासिक संस्थागत स्मरण (Institutional memory)) फर्किनेछ ।

३) देश– कुशासनको collateral damage हुनबाट जोगिने छ ।

४) देश र जनतामा विश्वास र आत्मविश्वासको पुनःजागरण (rennaissance) हुनेछ ।

५) धूमिल हुँदै गएको नेपाल र नेपालीको पहिचानमा पुनःचमक बढ्ने छ ।

६) देशको जंगल, जमिन र पानीको दुरूपयोग रोकिनेछ ।

७) कुशासन, संगठित अपराध, भ्रष्टाचार र लूटतन्त्रात्मक परतन्त्रको अन्त्य हुनेछ !

८) अवसर र योग्यताको कदर हुनेछ ।

९) दलतन्त्रीय सर्वसत्तावादको अन्त्य हुनेछ ।

१०) सुरक्षा, शान्ति, मेलमिलाप, अहिंसात्मक सँस्कारको पुनर्बहाली हुनेछ ।

११) सर्वमान्य र वास्तविक ‘बहुदलीय प्रजातान्त्रिक संसदीय प्रणाली’ को पुनःआराम्भ हुनेछ ।