रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान बुधबार रोल्पा थबाङ आइपुगेको छ ।
रोल्पाको थबाङमा अभियान टोलीको भव्य स्वागत गरिएको थियो । स्थानीयवासी र पार्टीका नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका थिए । थबाङ, जनयुद्धका दिनमा अध्यक्ष प्रचण्डको महत्वपूर्ण सेल्टर थियो। यस्तै, रोल्पाको लाबाङ तत्कालीन माओवादी आन्दोलनको एक ऐतिहासिक बैठक स्थलका रूपमा चिनिन्छ, जहाँ महत्वपूर्ण रणनीतिहरू तय गरिएको थियो । बुधबार थवाङमा आयोजित सभालाई प्रचण्डले स्वागत गरेका थिए ।
कार्यक्रममा गायक जीवन शर्माले ‘सिमली छायाँमा….’ गीत गाउँदा माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वउपराष्ट्रपति पासाङलगायतका माओवादी नेताहरु छमछमी नाचेका थिए ।
हेर्नुस् भिडियो
Video: Vijay Prakash Sapkota

प्रतिक्रिया