जेठ १५ पछि प्रधानमन्त्री हेलिकप्टरमा भाग्नुपर्ने अवस्था आउँछः अध्यक्ष लिङ्देन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ देखि सुरु हुने आन्दोलन निर्णायक हुने बताएका छन् ।

जनआन्दोलनको तयारीका क्रममा मंगलबार बिहान काठमाडौँका सबै स्थानीय तहका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि जेठ १५ देखि सुरु हुने आन्दोलन निर्णायक हुने बताएका हुन् ।

उनले आन्दोलनबाट प्रधानमन्त्रीलाई भाग्न पर्ने अवस्था सिर्जना हुने बताए । उनले भने, ‘भाग त भन्नु भएन नि । भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरुलाई हेलिकप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने ।’

उनले आन्दोलनमा आफू मात्रै नभएर सपरिवार आउने र छरछिमेकलाई पनि लिएर आउन आह्वान गरे । राप्रपाले गणतन्त्र दिवसका दिन जेठ १५ गतेदेखि काठमाडौंसहित विभिन्न ठाउँमा आन्दोलन सुरु गर्ने बताएको छ ।