‘मलाई डरलाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि चलखेल त भएको छैन ?’


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेलको आशंका गरेका छन् ।

प्रजातान्त्रिक विचार समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले गभर्नर नियुक्तिमा भएको ढिलाईले चलखेलको सर्वत्र आशंका बढेको बताएका हुन् । कोइरालाले गभर्नर नियुक्ति प्रक्रियामा पनि संविधान मिचिएको दाबी गरे ।

उनले नेपालमा रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका व्यक्त गर्दै गभर्नर नियुक्तिमा त्यसैको चलखेल हुनसक्ने बताए । उनले पार्टी सभापतिलेसँग कुरा हुँदा राम्रो मान्छे नियुक्त हुने बताएको सुनाए ।

उनले भने, ‘म भन्न सक्दिनँ राष्ट्र बैठकको कुरा, सभापतिसँग कुरा गर्दा राम्रो मान्छे नै नियुक्त हुन्छ भनिराख्नुभएको छ। तर मलाई डरलाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि त्यो चलखेल त भएको छैन ?’

उनले देशमा जनताले सुशासन खोजेको भएपनि कुशासन भएको दाबी गरे।