प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम



काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने जग्गाको अधिग्रहण मन्त्रिपरिषद्को निर्णयले भएको बताएको छ ।

प्राधिकरणले बुधबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने जग्गाको खरिद मन्त्रिपरिषदको निर्णय अनुसार भएको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ’अन्तर्राष्ट्रिय विमानस्थल संचालन पूर्व सो स्थानमा भैरहवा विमानस्थलको नाममा वि.सं. २०१५ सालबाट नै आन्तरिक उडानहरू संचालन हुँदै आएका थिए । आन्तरिक विमानस्थललाई समयक्रम अनुसार नियमित रुपमा स्तरोन्नति गर्ने नेपाल सरकारको योजनाबमोजिम उक्त विमानस्थललाई आवश्यक पर्ने उड्डयन संरचना निर्माणको लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार विभिन्न मितिमा पटक–पटक जग्गा अधिग्रहणको कार्य हुँदै आएको छ ।’

विभिन्न सञ्चारमाध्यममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा भित्र भैसी आतंकका विषयमा समाचार प्रकाशित भएपछि प्राधिकरणले विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निकिताको प्रश्नः यो देश तीन वर्ष राजनीति गरेको मेरो लोग्नेले लुटेको हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी निकिता पौडेलले आफ्ना पतिमाथि ’राज्य

देउवा र स्वर्णिम वाग्ले भेटबारे गोकुल बास्कोटाः नयाँ ट्वीस्ट भएमा नेपाली राजनीतिको आठौं आश्चर्य नमानौं

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली राजनीतिमा कुनै नयाँ ट्वीस्ट आएमा

भारतीय प्रहरीको सहयोगमा उत्तराखण्डको काशिपुरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं । भारतको उत्तराखण्डको काशिपुरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरिएको छ ।

महोत्तरीमा बढे सर्पदंशका घटना

महोत्तरी । असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन्