गभर्नर सिफारिस समिति पुनर्गठन


काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको हो ।

यसअघि समितिमा रहेका दुई सदस्यले राजीनामा दिएका थिए । ती दुई सदस्यको स्थानमा डा. पोषराज पाण्डे र निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य राखिएको सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

यसअघि सदस्य विजयनाथ भट्टराई र डा. विश्व पौडेल सदस्य थिए । उनीहरु दुवै जनाले राजीनामा दिएका थिए ।