काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई अध्यक्षमा नियुक्त गरेको हो । त्यस्तै सदस्यमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपालीलाई नियुक्त गरिएको छ ।
त्यस्तै बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेश थापालाई नियुक्त गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आयोगको सदस्यमा अच्युतप्रसाद भण्डारी, डा. टीकाप्रसाद ढकाल, पदमबहादुर शाही, कुमारी कौशल्य ओझा छन् ।

प्रतिक्रिया