काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बुधबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीमा भएको ठगीसम्बन्धी प्रकरणमा सांसद राईलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
राईलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको करिब साढे दुई करोड रुपैयाँ अपचलनसम्बन्धी आरोपमा पक्राउ गरिएको थियो ।
उनले कालिमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा सदस्य र सहसचिव भएर काम गरेकी थिइन् ।
उनको कार्यकालमा २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धानबाट
देखिएको छ ।
मंगलबार सरकारी वकिलले उनीविरुद्ध ३७ लाख ३५ हजार बिगो मागदाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

प्रतिक्रिया