कास्कीमा बस दुर्घटना, २० जना घाइते, चारको अवस्था गम्भीर


पोखरा । पोखरा महानगरपालिका-२२ पुम्दिकोटमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । बुधबार दिउँसो पुम्दिकोटबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ३८८६ नम्बरको नगर बस पुम्दिकोटमा दुर्घटना हुँदा २६ जना सवारमध्ये २० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको बस्नेतले बताए । बस अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।