जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नम्बर ५ लक्कर नेपाली टोलका आगलागी पीडितलाई नेकपा एमालेका एक स्थानीय नेताले राहत वितरण गरेका छन् ।
आइतबार नेकपा एमालेका नेता रामखेलन यादवले २५ किलोको दरले नौ परिवारलाई चामल र लत्ताकपडा वितरण गरेका हुन् । शनिबार दिउँसो रामकुमार सहनीको घरबाट सुरु भएको आगलागीले नौ घर जलेका थिए ।
आगलागीबाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । ग्याँस सिलिण्डर विष्फोट भइ आगलागी सुरु भएको थियो ।


प्रतिक्रिया