पहलगाममा मारिएका सुदीप न्यौपानेको परिवारसँग भारतीय राजदूतद्वारा भेट


काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मू–काश्मिरस्थित पहलगाममा आतंकवादी हमलामा मारिएका सुदीप न्यौपानेको परिवारलाई भेटेका छन् ।

आइतबार राजदूत श्रीवास्तव मृतक न्यौपानेको बुटवलस्थित घरमा पुगेका थिए । घर पुगेर परिवारजनमा उनले समवेदना प्रकट गरेका थिए ।

त्यसक्रममा उनले भारत सरकारले आतंकवादीहरूविरूद्ध लड्ने र न्याय दिने पनि वाचा गरे । गत अप्रिल २२ मा सुदीप न्यौपाने परिवारसहित पहलगाममा घुम्न पुगेका थिए। आतंकवादी समूहले उनीसहित २६ जनाको हत्या गरेको थियो ।