डडेल्धुरामा अटोको ठक्करबाट बालकको मृत्यु


डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक अटोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।

भीनपा ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका ज्योती श्रेष्ठ विकका छोरा विवेक विकको घटनास्थलमै ज्यान गएको हो ।

बालकको मृत्यु भएको पुष्टि जोगबुढा अस्पतालले गरेको छ ।बुडरबाट जोगबुढा जाँदै गरेको अटोले बालकलाई आमा ज्योति श्रेष्ठ विकसँगै पैदल हिँडिरहेको अवस्थामा ठक्कर दिएको थियो ।

ठक्करपछि अटोले बालकलाई करिब १० मिटर परसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा थप दुई जना घाइते भएका छन् ।

घाइतेको उपचारका लागि जोगबुढा अस्पताल लगिएको प्रहरीले जनाएको छ । अटो चालक भने अहिले फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।