आँबुखैरेनीबाट स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ


दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको १४ लाखसहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा गोरखाको सहिद लखन गाउँपालिका–८ बस्ने २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।