काभ्रेको बनेपामा नवदुर्गा जात्रा सम्पन्न



काभ्रे । काभ्रेको बनेपामा तीन दिनदेखि सञ्चालन भएको नवदुर्गा जात्रा आइतबार सम्पन्न भएको छ । जात्राका क्रममा आइतबार साँझ देवगणले नवदुर्गाको भेषमा नाचसँगै ‘माछा मार्ने’ काम सकेर जात्रा सम्पन्न गरिएको हो ।

विशेषगरी बनेपा नगरपालिका–७ स्थित तीनधारा डबलीमा समापनका अवसरमा भएको नवदुर्गा जात्रामा नवदुर्गाको भेषमा देवगणहरूको नाच हेर्न स्थानीयको भीड लागेको थियो ।

जात्राका क्रममा श्वेतभैरवले मान्छेरूपी माछा (स्थानीय व्यक्ति)लाई समात्न खोज्ने र जात्रामा सरिक स्थानीय मुखमा हातले थपथपाएर आवाज निकाल्दै भाग्ने चलन रहेको छ ।

यसरी भागेकालाई श्वेतभैरवले पक्रन खोज्ने भएकाले देवगणद्वारा पक्रियो भने ‘अपसकुन’ हुने डरले व्यक्तिहरू भागिरहने प्रचलन रहिआएको छ ।

नवदुर्गा जात्रा बनेपाबाहेक काभ्रेपलाञ्चोकको पनौती, धुलिखेल, चौकोट, श्रीखण्डपुरलगायत स्थानमा पनि लाग्ने प्रचलन रहेको छ ।

यस्तै, बनेपामा जात्रा सकिएपछि ‘नवदुर्गा’ पनौती जाने मान्यता छ । जात्राको संस्कृतिअनुसार वैशाख महिनामा भक्तपुरबाट नवदुर्गाको आगमन हुने र नवदुर्गाले तीन दिनसम्म विभिन्न हाउभाउका साथ ऐतिहासिक सहर बनेपाका डबलीहरूमा नृत्य देखाउने गर्छन् ।

नवदुर्गाको आगमन हुँदा स्थानीयले आ–आफ्ना घरबाट विशेष पूजा सामग्रीसहित पूजा गर्छन् । श्रद्धालुले पञ्चबली दिने, नवदुर्गा देवगणलाई भोजन गराउनेसमेत गर्छन् । स्थानीय कान्छामान रंजितका अनुसार यस जात्राको मुख्य आकर्षण ‘ङा–लाकेगु’ अर्थात् माछा मार्नु हो ।

माछा मार्ने जात्रा देखाउने क्रममा विभिन्न बोल, बाजागाजाको तालमा देवगणबाट नाच प्रस्तुत गरिन्छ । यसअघि वरपर पैसा (दक्षिणा) माग्ने र त्यसपछि मात्रै माछा मार्ने जात्रा प्रारम्भ गरिन्छ ।

पहिले जात्रामा सरिक युवालगयात मान्छेलाई देवताले लखेट्ने र दोस्रो चरणमा साँझपख श्वेतभैरवको ङा–लाकेगु नाच प्रदर्शन गरिन्छ ।

यस्तै, नाच प्रदर्शन पूर्व महाकाली र श्वेतभैरवको आकर्षक नृत्य देखाइन्छ । जात्रा अवधिभर स्थानीयले नवदुर्गाको पासुका (एक प्रकारको धागोको रङ्गीचङ्गी माला) र मोहनी (कालोटीका) लगाउने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँको प्रदर्शनीमा राउटेले पहिलोपटक देखाए हस्त-शिल्पकला

काठमाडाैं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक छेउमा सुर्खेतबाट आएका राउटे दीपक शाही

मुस्ताङमा बृहत् साइकल तथा घोडा र्‍याली उत्सव

मुस्ताङ । पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकामा

१५ दिन अगावै नेपाल भित्रियो मनसुन

काठमाडौं । यसवर्षको मनसुन बिहीबार रातिदेखि नेपाल प्रवेश गरेको छ । नेपालको पूर्वबाट

जेठ २० देखि असार १५ गतेसम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ तयार, १९ दिन बैठक बस्ने

काठमाडौं । कार्यव्यवस्था समितिको बैठकले प्रतिनिधिसभा बैठकको जेठ र असारको पाक्षिक सम्भावित कार्यतालिका