देउवाले थाइल्याण्डबाट फर्केर चिसो पानी खन्याइदिएपछि सरकार ढल्छ भन्नेहरुनै ढलेका छन्ः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई देशको राष्ट्रिय शक्ति बनाउनुपर्ने आवश्यता रहेको बताएका छन् ।

आइतबार मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दैै प्रधानमन्त्रीले एमालेलाई राष्ट्रिय शक्ति बनाउने आकांक्षा ०८४ चुनावबाट पुरा गर्ने बताएका हुन् ।

उनले भने, ‘ एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्नुछ । लामो पर्खिने काम छैन। मिसन २०८४ बाटै पुरा गर्छौं।’

उनले सरकार ढल्यो ढल्यो भन्नेहरूलाई शेरबहादुर देउवा बैंककबाट फर्केपछि चिसो पानी खन्याइदिएकाले उनीहरू छक्क परेको बताए ।

उनले भने, ‘एउटा कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न हाम्रा विरुद्ध विभिन्न प्रकारका लाल्छना र आरोप लगाउने, अर्को ढल्यो ढल्यो ढल्यो सरकार ढल्यो भन्ने । अहिले ढल्यो भरे ढल्यो । शेरबहादुरजी फर्कने वित्तिकै ढल्यो । शेरबहादुरजीले चिसो पानी टाउकाबाट खन्याएपछि फेरि छक्क परेका छन् ।’

उनले आफूले पैसा कमाउनका लागि नभई इमानका लािग राजनीति गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पुनः सुरु गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पुनः सुरू गर्ने भएको

‘हामी नेताहरु अहङ्कारी र गैरजिम्मेवार भएका छौँ’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले आफ्नै स्रोत/साधनको

काँक्रोको बीउबाट मनग्य आम्दानी

पर्वत । पर्वतका विभिन्न गाउँमा काँक्रोेको बीउका लागि व्यावसायिक रुपमा खेती भइरहेको छ

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

राँझा । हुलाकी सडक र राप्ती नदीमा पुल निर्माण भएपछि बाँकेको राप्ती सोनारी