‘हिम्मत छ प्रधानमन्त्रीज्यू, पोखरा विमानस्थल निर्माणमा १० अर्ब भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने ?’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको तथ्य बाहिर आएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद पराजुलीले विमानस्थल निर्माणका क्रममा १० अर्बभन्दाबढी भ्रष्टाचार भएको तथ्य बाहिर आएको भन्दै कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

उनले भने, ‘२२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको विषय संसद्को लेखा समितिको उपसमितिले उजागर गरेको तथ्य बाहिर आएको छ । हिम्मत छ प्रधानमन्त्रीज्यू, त्यसमा संलग्नलाई कारबाही गर्न ?’

सांसद पराजुलीले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको विषयले नेपाल अन्तर्राष्ट्रिय जगतमै दुर्गन्धित भएको बताए । उनले प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नदिने वाचा गर्दै आएको भएपनि यो प्रकरणले उल्टो देखाएको बताए ।

उनले भने, ‘अब नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिन र गर्न पनि दिन्न भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संक्रमणकालीन न्यायसँग सम्बन्धित दुवै आयोग पुनर्गठन गर्न राष्ट्रपतिसमक्ष द्वन्द्वपीडितको अपील

काठमाडौँ । सशस्त्र द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र

खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बु । पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले भवितव्यमा परी ज्यान

रुपन्देहीमा ३० करोडको लगानीमा प्राङ्गारिक मल उद्योग सञ्चालन

लुम्बिनी । रुपन्देहीको रोहिणी गाउँपालिका–४ कोटहवामा स्थापित प्राङ्गारिक मल उद्योग आजदेखि औपचारिक रूपमा

सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्राइएका १३ लाख ८०